Headlines News :
Powered by Blogger.

    Label 1

    Sample 1


    तावरण प्रदुषण नहोस् भनेर विश्व सम्पदा क्षेत्रमा सूचिकृत भएको पाँच वर्षभइसकको छ । गोसाइँकुण्ड वरपर वा विभिन्न गन्तव्यहरूमा पर्यटकतीर्थालु र होटल व्यवसायीहरूको प्रयोगमा नआएका फोहोरहरू आम्नेसाम्ने फालिएका छन् । जलाउँदा पनि प्रदुषण हुने र पुःन प्रयोगमा पनि विश्वसनीयता नभएको प्लाष्टिकजन्य झोलाबट्टापेय पदार्थका बोतलहरू मिनरल वाटरवियर तथा जाम हनिका बट्टाहरू जताततै फालिएका छन् । यात्रु विश्राम गर्ने स्थल वा त्यसका वरिपरि रेडबुलका थुप्रै बोतलहरू छन् । चाउचाउबिस्कुट र चकलेटका कागजहरू असंख्य छन् ।


    भिन्न प्रकारको पदयात्रामा यसपाली हामी ६ जना जापानीज नागरिकहरूसँग लाङटाङगोसाइँकुण्ड जाने अवसर मिल्यो । उनीहरूमध्ये ४ जना जाइका प्रोजेक्टका स्वयंसेवकहरू र २ जना पहिलो पटक नेपालका आएका पर्यटकहरू थिए । हामी गोसाइँकुण्ड हाम्रो भनेर गर्व गर्नेहरूका लागि ती स्वयं सेवकहरूले नयाँ पाठ सिकाएका छन् । गत बैशाखको पहिलो साता उनीहरू मध्ये २ जनासँग गोसाइँकुण्ड जाने मौका पाउँदा नै गोसाइँकुण्डको संरक्षणका लागि फोहोर निश्चित ठाउँमा फ्याँके व्यवस्थापन गर्न सजिलो हुने  जापानीज स्वयंसेवक मिजुहो फुजिहाराको विश्वास थियो । लाङटाङ पदयात्राको सुरुवातमा नै उनले भनिन्'यसपाला गोसाइँकुण्डमा धेरै फोहोर हुन्छहामी टिप्नर्ुपर्छ होला -' नभन्दै जनैपूणिर्माको अघिल्लो दिन लौरिविनायकबाट तल झर्दा उनीहरूले एउटा ओढ्ने प्लाष्टिकमा फोहोर बटुल्न थाले । पहिलो पटक लौरिविनायक जाँदा प्राय सबैलाई गार्हो  महशुस हुन्छ । उकाली चढ्न नसकी बिस्तारै उक्लँदै गरेका यात्रुहरू उनीहरूले फोहोर टिपेकोबोकेको देखेर उत्प्रेरित भएका थिए ।  अधिकाँश तीर्थालुले 'हामी नेपालीहरू फोहोर गर्र्छौविदेशीले उठाएका छन्हामी धिक्कार छौं 'भनेका सुनियो ।  धेरैले लाज भएको महशुस गरे । टिपिएको फोहोरको थैलामा अधिकाँश रेडबुलका बोतलहरू देखेर रेडबुल पिउँदै हिँडेका तीर्थालुहरूको ध्यान आफ्नै हातमा थियो । आफ्नो हातको रेडबुल आफैंले लानुपर्ने शिक्षा पनि धेरैले पाए । जापानीज स्वयं सेवक मिजुहोको बारम्बारको ' माथि धेरै धेरै फोहोर फालेका छन्तपाइँ नफाल्नुस् लभन्ने भनाईले फोहोर फाल्नुहुन्न भन्ने सन्देश दिइरहेको थियो ।
    फोहोर झुण्ड्याएर म र मिमाकी युकी अगाडि थियौं । उनी धुन्चे बालमन्दिरमा पनि स्वयं सेवक भएर काम गरिसकेकी थिइन् । एक यात्रुले रेडबुलको बोतल झुण्ड्याएको थैलोमा हाल्न खोज्दा 'तपाइँको फोहोर तपाइँ नै बोक्नुपर्छभन्ने युकीको भनाई अलि तीखो तर  सभ्य थियो । फोहोर हआर्मीले प्रयोग गर्ने विस्कुटको कागज धेरै छ भनेर ती स्वयंसेवकहरूले भन्दा एक आर्मीले उक्त विस्कुट अहिले बजारमा पाइन्छहामीले फालेका हैनौं भन्ने जवाफ दिए । अर्का आर्मीले 'अरुलाई पनि दिन्छौंफाले होलान्'भने । तर त्यो विस्कुट बजारमा पाउने कि नपाउने र अरुलाई दिन सहज छ कि छैन भन्ने बुझन बाँकी छ ।  चोलाङपाटी आइपुग्दा झण्डै ३० केजी फोहोर भइसकेको थियो । उनीहरूले होटल व्यवसायीले तोकेको ठाउँमा फोहोर पुर्याउने सोचेका रहेछन् । तर फोहोर फाल्ने निश्चित ठाउँ नदेखेपछि त्यो फोहोरको थैलो नेपाली सेनाको जिम्मामा दिइयो ।
    नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरको अगाडि क्यामेरा म्यान एउटी विदेशी नागरिकसँग गोसाइँकुण्डको बारेमा अन्तर्वार्ता लिदै थिए । उनको नजिक डिभी खोल्दा बेरेको प्लाष्टिक भुइँमा खस्न थाल्यो । आफ्नो फोहोर आफैं लानर्ुपर्छ भन्ने मान्यता बोकेका जापानीज स्वयं सेवकहरूले प्रत्यक्ष फोहोर फ्याँकेको देखेर 'फोहोर नफाल्नुस् नफोहोर नफाल्नुस् नभन्ने चित्कार अझ पेचिलो प्रहार बन्यो । आँखामै फोहोर बोकाइलाई देखिरहेका सभ्य नागरिककले पनि फोहोर फ्याँकेको र धेरै कराएपछि मात्र फोहोर टिपेको देखेर जापानीज स्वयं सेवकहरूले नेपालीहरू गरुङ्गा छन् भन्ने शिक्षा पाएछन् । त्यहाँ फोहोर जिम्मा लगाए पछि पुःन सोही प्रकृया

    सुरु भयो । हिलो बाटो हिँड्न अप्ठ्यारो हुँदा पनि फोहोर निरन्तर संकलन गरिरहे उनीहरूले ।
    चन्दनबारी आउँदा पनि धेरै तीर्थालुहरूसँग भेट भयो । नोजोमी ट्रेक्स प्रालिका शिब लामिछानेसँग उनीहरूको नेपाली र जापानीज दुबैमा कुरा भए । उनीहरूको साह्रै मिजासिलो वार्तालाप पछि हामी छुट्टियऔ । चन्दनबारी पुग्दा पुःन ४० केजी जति फोहोर जम्मा भयो । जापानीजहरूले फोहोर बोकेको देखेर 'हामी खुसी भयौंराम्रो काम गर्नुभयोभन्ने यात्रुहरूमा 'खुसी नहुनुस्फोहोर फाल्नु भएन नीभन्ने उनीहरूको बोलीले चेतावनी स्वरूपको तर अलि व्यंग्यात्मक सुझाव दिएको थियो । 
    बेलुकी खाना खाइसकेपछि फोहोर टिपेको प्रसङ्ग उठेपछि उनीहरूले भने 'हामीले गर्दा विदेशीले गर्यो भन्छन्यो एउटा सिकाई हुनुपर्छ र यहाँको फोहोर जसले गर्छ त्यसैले टिप्नुपर्छभन्नेमा जोड दिए । भोलिपल्ट धुन्चे आइपुग्दा 'सके सफा गरौं,नसके फोहोर नगरौं'  भन्ने सानो बोर्ड देखियो । यस्ता खालका बोर्डहरू अलि ठूलो बनाएर सबै ठाउँमा राख्न सके पनि चेतना जागरण हुने देखिन्छ । व्यवसायिक लक्ष्य भएका ठाउँमा फोहोर भाँडाहरू देखिए पनि कम र साना थिए । कम्तीमा 'फोहोर यताभन्ने संकेतमा फ्याक्ने निश्चित जग्गा देखाउन सके अझै फोहोरको व्यवस्थापन गर्न सजिलो हुन्छ ।



    जापानीज स्वयं सेवकहरूबाट सिकिएको पाठ व्यंग्यात्मक भएपनि यथार्थपरक छ । उनीहरूको यो कामबाट वातावरण संरक्षण सम्बन्धि गतिलो पाठ पाइएको छ । विशेष गरी होटल व्यवसायीहरूमा यस्तो ज्ञान आर्जन हुन सके जैविक विविधतालगायत गोसाइँकुण्डको संरक्षण गरी दिगो व्यवस्थापनमा सघाउ पुग्ने देखिन्छ । जापानीज यी नागरिकहरूबाट पाइएका ज्ञान व्यवहारिक बनाउन सके गोसाइँकुण्ड मात्र नभई देशकै फोहोर व्यवस्थापन गर्न सकिन्छ ।
     

    Recent Post

    Support : Creating Website | Johny Template | Mas Template
    Copyright © 2011. Dhaibung VDC - All Rights Reserved
    Template Created by Creating Website Published by Mas Template
    Proudly powered by Blogger